images
images

एक बर्षमा नेपाल लाइफले कमायो ५१ करोड ३९ लाख नाफा, कुल बीमा शुल्क आर्जन कति ?

एक बर्षमा नेपाल लाइफले कमायो ५१ करोड ३९ लाख नाफा, कुल बीमा शुल्क आर्जन कति ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • एक बर्षमा नेपाल लाइफले कमायो ५१ करोड ३९ लाख नाफा, कुल बीमा शुल्क आर्जन कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यस्तै, असार मसान्तसम्ममा कम्पनीले ४० अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.९२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  कम्पनीको महाविपत्तीकोषमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७३ करोड ९२ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड २३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    कम्पनीले यस अवधिमा ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९।८६ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ खर्चिएको थियो ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार