images
images

नवीकरण शुल्क तिर्न नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना र सूचीकरण स्थगन हुनसक्ने

नवीकरण शुल्क तिर्न नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना र सूचीकरण स्थगन हुनसक्ने

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • नवीकरण शुल्क तिर्न नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना र सूचीकरण स्थगन हुनसक्ने

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।नेप्सेले धितोपत्र सूचीकरण विनियमावली-२०७५ को अनुसूची ३ (क) र (ख)मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले सो शुल्क बुझाउन नेप्सले आग्रह गरेको हो । 

    images
    images

    ५० करोड चुक्ता पुँजी भएको कम्पनीले ५० हजार, ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ बुझाउनु पर्छ ।

    यस्तै डिवेन्चर/म्युचुअल फण्ड (सामूहिक लगानी कोषको) वार्षिक नवीकरण शुल्क ५० करोडसम्म चुक्ता पुँजी हुनेले २५ हजार र ५० करोडभन्दा माथि हुनेले ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

    तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको बार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले जनाएको छ । जरिवानाका साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले उल्लेख गरेको छ । 

    stok.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार