images
images

एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक कविराजलाई नगद पुरस्कारसहित सम्मान प्रदान

एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक कविराजलाई नगद पुरस्कारसहित सम्मान प्रदान

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक कविराजलाई नगद पुरस्कारसहित सम्मान प्रदान

    काठमाडौँ / एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल पारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । 

    images
    images
    images
    images

    बैंकले एक समारोहको आयोजना गरी खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 

    उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो ।

    पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए । 

    पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको थियोे ।

    एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार