काठमाडौँ / अरूण भ्याली हाइड्रोपावर कम्पनीले ३.१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनाको लागि नगद लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले आगामी कात्तिक १४ गते हुने २७औं वार्षिक साधारण सभामा यो प्रस्ताव लैजाने भएको छ।
कात्तिक ५ गते एक दिनको लागि बुक क्लोज मिति तय भएको छ। यही कारण कात्तिक ४ गतेसम्म सेयर स्वााित्व हुनेले लाभांश प्राप्त गर्नेछन्।