images
Logo
images
images
images

फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण, आज शेयर बजारमा कसले कमाए ? कसले गुमाए ?

फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण, आज शेयर बजारमा कसले कमाए ? कसले गुमाए ?

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण, आज शेयर बजारमा कसले कमाए ? कसले गुमाए ?

    काठमाडौँ / आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । आज बजार ५६.०९ अंक अर्थात २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images
    images

    आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब ७७ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब १३ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ कमी आएको हो।

    आज ३०८ वटा धितोपत्रको एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको हो।आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    यसदिन वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.१२ प्रतिशतले बढेको छ। 

    नाग्दी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

    यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३५ रूपैयाँ ६० पैसा कायम भएको छ। यसैगरी, मध्य भोटेकोशी जलविद्युतको मूल्य ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३६० रूपैयाँ पुगेको छ।

    विन नेपाल लघुवित्तको शेयर मूल्य सार्वधिक घट्यो

    विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ८३५ रूपैयाँमा झरेको छ। कुमारी सबल योजनाको मूल्य ९.४३ प्रतिशतले घटेको छ। उक्त योजनाको प्रतिकित्ता मूल्य नौ रूपैयाँ ४३ पैसा कायम भएको छ।

    सहास ऊर्जाको सबैभन्दा धेरै कारोबार 

    कारोबार रकमका हिसाबले आइतबार सहास ऊर्जा शीर्ष स्थानमा रह्यो । यसको ६३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर तथा विकास कम्पनीको २५ करोड ५७ लाख रुपैयाँको कारोबार भयो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार