images
images

सिटिजन बैंकको खुद नाफा ५० प्रतिशतबढीले घट्यो, खराब कर्जा बढ्यो

सिटिजन बैंकको खुद नाफा ५० प्रतिशतबढीले घट्यो, खराब कर्जा बढ्यो

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • सिटिजन बैंकको खुद नाफा ५० प्रतिशतबढीले घट्यो, खराब कर्जा बढ्यो

    काठमाडौँ / चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको खुद नाफा ५० प्रतिशतभन्दा बढीले घटेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ५०.७५ प्रतिशत बढीले घटेको हो । 

    images
    images
    images
    images

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ६७ करोड ८४ लाख ९४ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५८ पैसा छ । चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ कायम छ भने जगेडा कोषमा ६ अर्ब ९३ करोड ५५ लाख ९७ हजार सञ्चित छ । 

    पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.५६ प्रशित र कुल असञ्चालन आम्दानी १२.८१ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४४ करोड ६३ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर १ अर्ब ४९ करोड ७८ लाख ७६ हजार पुर्याएको हो । 

    यसैगरी, कुल सञ्चालन आम्दानी समेत बढाएर बैंकले १ अर्ब ७५ लाख १५ लाख २३ हजार रुपैयाँबाट १ अर्ब ९७ करोड ५९ लाख १६ हजार रुपैयाँ पुगेको छ । 

    इम्पेरिमेन्ट चार्ज (रिभर्स) ९० करोड ९१ लाख ऋणात्मक रहेको बैंकको खुद सञ्चालन आम्दानी १९.४९ प्रतिशतले घटेर १ अर्ब ६ करोड ६७ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ थियो । 

    त्यस्तै, बैंकको सञ्चालन मुनाफासमेत ५०.१७ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको तीन महिनामा ५६ करोड ७८ लाख ६९ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा घटेर २८ करोड २९ लाख ७१ हजार रुपैयाँमा सीमित भएको हो । 

    असोज मसान्तसम्म बैंकको कस्ट अफ फण्ड ५.८४ प्रतिशत र बेस रेट ७.९२ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा छ । बैंकको खराब कर्जासमेत गत बर्षको असोज मसान्तको तुलनामा ३६.२७ प्रतिशतले बृद्धि भएकोछ । गत बर्ष यस अवधिमा बैंकको खराब कर्जा ११.३४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ५.४१ प्रतिशत पुगेको हो ।

    त्यस्तै, बैंकको रेन्टेड अर्निङ ६७ अर्ब ८४ करोड ९४ लाख रुपैयाँ छ भने असोज मसान्तसम्म बैंकको निक्षेप सङ्कलन १.४१ प्रशित र कर्जा प्रवाह १.९७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब ९१ अर्ब ९० करोड ४१ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५६ अर्ब ३६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार