images
images

भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ सुरु, महायज्ञ सनातन हिन्दुको महत्व र विश्व शान्तिका लागि

भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ सुरु, महायज्ञ सनातन हिन्दुको महत्व र विश्व शान्तिका लागि

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ सुरु, महायज्ञ  सनातन हिन्दुको महत्व र विश्व शान्तिका लागि

    काठमाडौं/  नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । 

    images
    images
    images
    images

    हिन्दु धर्मका प्रबुद्ध सन्त एवं गुरुहरुको उपस्थितिमा प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नौ कन्या एवं ११ बटुकहरुको साथमा दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरेका थिए । 

    maha3.png


    महायज्ञको उद्घाटन गर्दै नेपाल सन्त समाजका राष्ट्रिय अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नेपाली समाजलाई यज्ञको महत्व बुझाउन अझै कठीन भइरहेको बताए । 

    विधिविपरीत आयोजना हुने यज्ञ र यज्ञका नाममा हुने अन्य कार्यले वास्तविक पवित्र उद्देश्यका यज्ञहरुको महत्व छायाँमा पुगेको उनले बताए । 

    ‘यज्ञ वेदोक्त हुनुपर्छ । वेदले जसरी भन्छ त्यसरी यज्ञ हुनुपर्छ । वेदको भाव विपरीत गरिएका यज्ञले देवकार्य पुष्टी हुँदैन । हामी सबैलाई वेदोक्त सिद्ध कर्म गर्न प्रेरणा मिलोस’, उनले भने । 

    maha yega2.png

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृष्णदास महाराजले अतिरुद्र विराट महायज्ञको आयोजनाले नेपालको श्रीबृद्धिमा योगदान पुगेको बताए । 

    ‘यस महायज्ञको माध्यमबाट धर्म,संस्कार र संस्कृतिको रक्षा गर्दै भगवान पशुपतिनाथको पुण्यभूमि नेपाल राष्ट्रको नाम विश्वभर फैलाउने काम भएको छ ’, उनले भने । 

    महर्षि महेशले ५० वर्षअगाडि नेपाल आएर नेपालको महिमालाई बढाउने महान् काम गर्नुभएको भन्दै उनकै प्रेरणामा सञ्चालित महर्षि वैदिक फाउण्डेसनले विराट महायज्ञको माध्यमबाट सम्पूर्ण धार्मिक मनहरुलाई एकतावद्ध गरिएकोमा कृष्णदास महाराजले धन्यवादसमेत ज्ञापन गरे । 

    maha child.png


    नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन धर्ममा विश्वास गर्नेहरुको एकताबाट नै नेपालबाट विश्वशान्तिको सन्देश दिलाउन सकिने बताए । 

    अतिरुद्र विश्वकल्याण विराट महायज्ञ नेपालकै इतिहासमा पहिलो यज्ञ भएको बताए । 

    ‘योग ध्यान सिद्ध १ हजार १ सय ११ जना बटुक पण्डितहरुद्वारा सञ्चालित अतिरुद्र यज्ञ नेपालको इतिहासमा पहिलो हो । 

    हरेक हिन्दु सनातनीले यो यज्ञसँग जोडिएर गर्वको महसुस गर्नुपर्छ’, उनले भने । 

    maha yagye.png

    नेपालको शान्ति र समृद्धिको कामना गर्दै आयोजित महायज्ञले विश्वशान्तिका लागिसमेत योगदान गर्ने बताए । 


    महायज्ञ अन्तर्गत दैनिक भावातीत ध्यान शिविर, प्रांगारिक कृषि मेला, भागवत गीता सार वाचन, भजन कीर्तन तथा वैदिक एवं आधुनिक विज्ञान महासम्मेलन लगायतका कार्यक्रमहरु सञ्चालन हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार