images
images

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैयाँ सहयोग

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैयाँ सहयोग

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैयाँ सहयोग
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले कास्कीस्थित नेपाल भारत मैत्री पुस्तकालयलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले 
    सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्कीमा रहेको उक्त पुस्तकालयलाई सहज रूपमा सञ्चालन गर्न उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । 

    सो सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन बहादुर गुरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । 

    बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार