images
images

आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔँ : डा. शेखर कोइराला

आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔँ : डा. शेखर कोइराला

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔँ : डा. शेखर कोइराला
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

    विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । 

    “नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,” डा.कोइरालाले सामाजिक संजालमार्फत भनेका छन् ।

    महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com