images
images

धोकेबाज गायिका एलिनाको फेरि अर्को सांगीतिक कोसेली [ VEDIO ]

धोकेबाज गायिका एलिनाको फेरि अर्को सांगीतिक कोसेली [ VEDIO ]

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • धोकेबाज गायिका एलिनाको फेरि अर्को सांगीतिक कोसेली [ VEDIO ]

    पछिल्लो समय धोकेवाज गायिकाको ट्याग पाएकि गायिक एलिना चौहानको फेरी अर्को धोकेवाज गीत सार्वजनिक भएको छ । 

    images
    images

    धोकामा छ मन धोकेवाज मनमा हुक लाईन रहेको गीतमा एलिनाको सुमधुर आवाज सुन्न सकिन्छ भने शब्द संगीत भाष्कर श्रेष्ठको रहेको छ ।

    करियर सुरवाती बिन्दुमा युगल गीत के माया लाग्छबाट धेरै चर्चा बटुलेकि गायिकाको बेलाबेलामा गीतहरुले सर्बाधीक चर्चा पाउने गरेको छ ।

    केहि समय अघि धोकेवाज हौ तिमी भन्ने गीतमा युवा पस्ता धेरैनै आकर्सीत भएका थिए र फेसबुक र टिकटकमा यस्को प्रभाव धेरैनै परेको देख्न सकिन्छ । सबै स्वादको गीत गाउने र बच्चा द‍ेखी बृद्धा सम्मका फ्यान फ्लोवर्स बटुलेकि एलिनालाई थोरै बढि आधुनिक गीत त्यसमाथीपनि प्र‍ेम र बिछोडको गीतप्रति लगाब भएको देख्न सकिन्छ । 

    हुनपनि प्रेम र बिछोडको गीतमा युवा पुस्ता झुमिने गरेको र सामाजिक संजालमा अधिकांस युवाहरुको पहुच भएकाले गर्दापनि यस्ता गीतलाई छिटै चर्चा बटुल्नमा सहज हुन्छ । धोकामा छ मन गीतमा विषेश भुमिका गायक प्रताप दासकोपनि रहेको छ ।

    अहिलेको समयमा मेल भर्जन, फिमेल भर्जन जस्ता भर्जन अनुसार क्रमैसंग गीत आउने भएकाले यहि गीतको मेल भर्जन प्रतापको आवाजमा आउने हो कि भनेर अड्कल काट्न सकिन्छ । 

    गीतको शब्दले प्रेममा बिछोड भएकाहरुको मन चस्स छुने गरेको कमेन्ट देख्न सकिन्छ । अधिकांशले तारीफ गरीएको गीतको संगीत साँच्चैनै धेरै राम्रो रहेको छ।

    https://youtu.be/wsz21iVliHQ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार