images
images

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट हुदा कारोबार रकम एक अर्ब १९ करोड, कुन कम्पनीको लगानीकर्ताको कति गुम्यो ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट हुदा कारोबार रकम एक अर्ब १९ करोड, कुन कम्पनीको लगानीकर्ताको कति गुम्यो ?

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट हुदा कारोबार रकम एक अर्ब १९ करोड, कुन कम्पनीको लगानीकर्ताको कति गुम्यो ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

    images
    images

    विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ४७ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ६१, विकास बैंक एक दशमलव २२, वित्त एक दशमलव २७ र होटल तथा पर्यटन समूह एक दशमलव २३ प्रतिशतले घटेको छ ।

    लगानी समूहको उपसूचक शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बीमा शून्य दशमलव ६९ र अन्य समूहको उपसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ ।

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै सात दशमलव ९१ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ५४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच करोड ५९ लाख ७० हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को एक लाख ८१ हजार आठ सय ४९ कित्ता शेयर किनबेच भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार