images
Logo
images
images
images

भदौसम्ममा गार्डियन र क्रेष्ट माइक्रो लाइफले उठाए साढे १३ लाख बीमा शुल्क, कुनको कति ?

भदौसम्ममा गार्डियन र क्रेष्ट माइक्रो लाइफले उठाए साढे १३ लाख बीमा शुल्क, कुनको कति ?

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    भदौसम्ममा गार्डियन र क्रेष्ट माइक्रो लाइफले उठाए साढे १३ लाख बीमा शुल्क, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा सञ्चालनमा रहेको दुई माइक्रो लाइफले साढे १३ लाख बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौँसम्ममा सञ्चालनमा रहेका दुई माइक्रो लाइफ अर्थात गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले १३ लाख ४५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । 

    images
    images

    तथ्याङकअनुसार गार्डियन माइक्रो लाइफले भदौ महिनासम्ममा ९८३ वटा बीमा पोलिसी विक्री गरी १० लाख ३७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ । कम्पनी भदौ महिनामा मात्रै ५०१ वटा बीमा पोलिसी विक्री गरी ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ३६१ वटा बीमा पोलिसी विक्री गरी ३ लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले भदौ महिनामा मात्रै १५० वटा बीमा पोलिसी विक्री गरी १ लाख ६३ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

    कुन कम्पनीको कति ? 

    क्रस

    कम्पनीको नाम बीमा शुल्क आर्जन बीमा पोलिसी 
    १.

    गार्डियन माइक्रो लाइफ

    १० लाख ३७ हजार ९८३ वटा
    २.

    क्रेष्ट माइक्रो लाइफ

    ३ लाख ७ हजार ३६१ वटा

    कुल

    १३ लाख ४५ हजार १ हजार ३४४ वटा

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार