images
images

सुखद शुरुवात गरेको पशुपति प्रसाद २ः भष्मे डन हेर्न दर्शक हलमा पुगे कि, मासु चिउरा चपाएर बसे ?

सुखद शुरुवात गरेको पशुपति प्रसाद २ः भष्मे डन हेर्न दर्शक हलमा पुगे कि, मासु चिउरा चपाएर बसे ?

बिहिवार, कार्तिक ९ २०८०
बिहिवार, कार्तिक ९ २०८०
  • सुखद शुरुवात गरेको पशुपति प्रसाद २ः भष्मे डन हेर्न दर्शक हलमा पुगे कि, मासु चिउरा चपाएर बसे ?

    सातवर्ष अगाडि प्रदर्शन भएको पशुपति प्रसाद फिल्म हिट भयो । खुबै चल्यो चर्चा कमायो  ।  निर्मातादेखि नायकसम्मले नामदाम कमाए । त्यहि नामको हुटहुटीमा दोस्रो शृंखलाका रूपमा निर्माण भएको पशुपति प्रसाद २ः भष्मे डनमा शीर्ष भूमिका अभिनेता विपीन कार्कीले निर्वाह गरेका छन्। 

    images
    images

    त्यस्तै, अन्य कलाकारहरुमा स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ । 

    मेलर्वनको चाइना टाउनदेखि जापानका


    दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र पशुपति प्रसाद २ः भष्मे डनले कस्तो ब्यापार गर्यो, कति कमायो चासो दर्शकहरुलाई छ । फिल्मको व्यावसायिक सुरूआत राम्रो भएको थियो । सोसल मिडियामा खुबै प्रर्चारबाजी गरियो । 

    कार्तिक ४ गतेबाट नेपालभर प्रदर्शन गरिएको फिल्म विश्व बजारमा टिकट बुकिङ ओपन गरिएको थियो । अष्ट्रेलियाको मेलर्वनको चाइना टाउनदेखि जापानका लागि पनि सिनेमाको अग्रीम टिकट बुकिङ खुल्ला गरिएको थियो । यस्तै अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा सिनेमाको शो गरियो । वितरकले सिनेमाको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रीम टिकट बुकिङ खोल्ने तयारी भैरहेको बताएका थिए । 


    फिल्मको सार्वजनिक टिजर, ट्रेलर तथा पोस्टरले फिल्मप्रति आशा बढाएको थियो । हिट फिल्म ‘पशुपति प्रसाद’को सिरिज भएकाले निर्माण कम्पनी अझै उत्सुक र आशाबादी थियो । फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान फिल्मकर्मीको थियो तर, अहिले त्यो देखिदैन । 

    यस अगाडि फिल्म ‘कबड्डी ४’ले खडा गरेको २२ करोड ब्यवसायको रेकर्ड यो फिल्मले तोड्न सक्छ कि सक्दैन अझै हेर्न बाँकी छ । हलमा फिल्म चलिरहेको छ । के  फिल्म निर्माता तथा लेखक खगेन्द्र लामीछानेले भने झैँ ब्यापारमा चमकदार होला ? 

     

    पहिलो दिन दुई करोड ४० लाख रूपैयाँ हाराहारीमा व्यापार


    फिल्मले बक्स अफिसमा रेकर्ड तोड्न हरेक साता एकपछि अर्को व्यवसायिक रेकर्ड तोडिएको खण्डमा मात्र बलियो आशा राख्न सकिन्छ । 

    यसका निर्माता तथा लेखक लामिछानेले पहिलो दिन दुई करोड ४० लाख रूपैयाँ हाराहारीमा व्यापार गरेको जानकारी दिएका थिए ।  यो रेकर्ड अनुसार अब दर्शकले घरमै मासुचिउरा चपाएर बसे कि पशुपति प्रसाद २ः भष्मे डन हेर्न हलसम्म पुगे बाँकी केही दिनमै छर्लङग हुन्छ । निर्माता पक्षले जति नै राम्रो भने पनि पहिलो सिक्वेल जस्तो नभएको दर्शकहरुको भनाई छ । यद्यपि दशैंका लागि उपयुक्त फिल्म भने बनेको छ । 

    दसैंको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौं। यद्यपि सिनेमा हल पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौं। त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको संकेत गरेको छ, निर्माता लामिछानेले भने। तर, हलहरुले दशैंको आस भर्न सकेको छैन ।

    फिल्म वितरक करण श्रेष्ठले चार दिनमा ६ करोड रूपैयाँ बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिएका छन् ।

    उनले भने, सिनेमा हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौं। नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ। 

    पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ। यद्यपि तथ्यांक दसैं सकिए लगत्तै सार्वजनिक गर्नेछौं।

    उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रूपमा दर्शकले रूचाएको बताए।

    समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ। उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाइ पनि छ, अभिनेता कार्कीले भने, यही चरित्रमार्फत म दर्शकमाझ परिचित बनेँ। 

    यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो। अहिले दर्शकको प्रिय बनेको छ।ु

    सिनेमा हल पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले बताए।

    यसलाई पशुपति प्रसाद को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने स्पिन अफ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए।

    यसमा कथालाई निरन्तरता दिएका छौं। सबै पात्र हुनुहुन्छ। त्यसैले यो पहिलो भागकै निरन्तरता हो उनले भने।

    हलमा फिल्मको बुकिङ आक्रामक

    हरेक हलमा फिल्मको बुकिङ आक्रामक देखियो । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई  देशको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेसनमा ६५ शो बाँडेको छ । क्यूएफएक्सले काठमाडौँ उपत्यकामा ३० शोज उपलब्ध गराएको छ भने, उपत्यका बाहिर ३५ शो दिएको छ । तर, आर्थिक मन्दीले थलिएको बेला दशैंमा निर्माता टिमले सोचेजस्तो गरी दर्शकहरु फिल्म हेर्न गएनन् । 

    यस्तै, आइएनआइ सिनेमाजले तीन स्टेसनमा १५ शो उपलब्ध गराएको छ । यसैगरी, वान सिनेमाजले दुई स्टेसनमा १३ शो, बिग मुभिजले ८ शो,  विएसआर मुभिजले ६, एफक्यूबले ९ शोज दिएका छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार