images
images

असोजसम्ममा गार्डियन र क्रेष्ट माइक्रो लाइफले संकलन गरे साढे ३० लाख बीमा शुल्क, कुनको कति ?

असोजसम्ममा गार्डियन र क्रेष्ट माइक्रो लाइफले संकलन गरे साढे ३० लाख बीमा शुल्क, कुनको कति ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • असोजसम्ममा गार्डियन र क्रेष्ट माइक्रो लाइफले संकलन गरे साढे ३० लाख बीमा शुल्क, कुनको कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्ममा दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गार्डियन माइक्रो लाइफले असोज महिनासम्ममा १७ सय ४१ वटा बीमा पोलिसी विक्री गरी १९ लाख ३१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ । कम्पनी भदौ महिनामा मात्रै ७५९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ९९० वटा बीमा पोलिसी विक्री गरी ११ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । 

    कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले भदौ महिनामा मात्रै ६२९ वटा बीमा पोलिसी विक्री गरी ८ लाख ३२ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार