images
images

गुञ्जिन थाले तिहारका गीत : तिहारै आयो लौ झिलिमिली...

गुञ्जिन थाले तिहारका गीत : तिहारै आयो लौ झिलिमिली...

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • images
    images
    गुञ्जिन थाले तिहारका गीत : तिहारै आयो लौ झिलिमिली...

    चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि चपाई हामीलाई तिहार आएको आभास हुन्छ । उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ।

    images
    images

    तर, विभिन्न रेडियो तथा टिभीहरुमा यो गीत गुन्जन थालिसक्यो । शहरका घरहरु झिलिमिली देखिन थाले ।  गाउँघरमा तिहारको जोहो गर्न थालिसके । 

    कालजयी  यस्तै, गीतहरु अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन्। 

    यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । 

    अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ । यादव खरेलले रचना गर्नुभएको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गर्नुभएको छ । 

    ‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गर्नुभएको छ। 

    कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिनुभएको छ । 

    निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गर्नुभएको छ। 

    मनिला सोताङले गाउनु भएको चलचित्र ‘अन्याय’ मा समावेश गरिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो।

    गीतकार रत्नशमशेर थापाले शब्द रचना गर्नुभएको यस गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको छ । 

    अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार प्रस्तुत हुनुभएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्ने गरेको छ । 

    चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’ लगायतका गीतहरू तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् । 

    नेपाली संस्कृतिलाई समेटेर बनाइएका यी गीतहरू अझैँसम्म लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार अर्जुन पोखरेलले बताउनुभयो । 

    “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो”, उहाँले भन्नुभयो, “गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीत बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहार मात्र नभइ दसैँ, होली लगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।” 

    पोखरेलले विषय र प्रसङ्ग मिलाउनुपर्ने, चाडपर्वमा मात्र गुञ्जिने, लागत खर्च बढी हुनेलगायत कारणले यस्ता गीत नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताउनुभयो । 

    “पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर, सङ्ख्या निकै न्यून छ । पछिल्लो समय बनेका गीतसङ्गीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेका छैनन्”, उहाँले भन्नुभयो ।

    पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको गायक तथा सङ्गीतकार कर्णराज गिरीले बताउनुभयो । “नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन्छ । 

    मेरो रोजाइमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन् । नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार