images
images

यो साता सेयर बजारमा देखियो सुधारको सङ्केत, आगामी साता के होला ?

यो साता सेयर बजारमा देखियो सुधारको सङ्केत, आगामी साता के होला ?

पछिल्लो समय बजार घटेका कारण सस्तो मूल्यमा छानीछानी भनेजस्तो कम्पनीको सेयर किन्न सकिने भएकाले सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्ने देखिन्छ ।

शनिवार, मंसिर ९ २०८०
शनिवार, मंसिर ९ २०८०
  • images
    images
    यो साता सेयर बजारमा देखियो सुधारको सङ्केत, आगामी साता के होला ?

    काठमाडौँ / तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ ।

    images
    images

    सूचकसँगै कारोबार रकम पनि बृद्धि हुन थालेपछि सेयर बजारले बिस्तारै सकारात्मक लय समाउन सक्ने देखिन्छ । केन्द्रीय बैङ्कले नीतिगत रूपमै सहजीकरण गरेको, अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री आफैँ सक्रिय भइरहेको र कर्जा लगानी बढीरहेको कारण लगानीकर्ताहरूको सक्रियता सेयर बजारमा बढेको देखिन्छ । 

    धितोपत्र बोर्डले पनि सेयर आपूर्ति कम गर्न सामूहिक लगानी कोषहरूले आरक्षणमा पाएको सेयर ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गरेको र राष्ट्र बैङ्कले परिस्थितिका कारण अप्ठ्यारो अवस्थामा रहेका असल मनसाय भएका तर समयमै ऋणको साँवा–ब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशनसमेत दिइरहेको छ ।

    यता बैङ्क ब्याजदरका सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गर्ने निर्णय पनि गरिएको छ भने सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइने छ भएको छ । 

    सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षणका लागि सहकारी कोषको स्थापना गरिने र आगामी ६ महिनाभित्र नियमनको दायरामा ल्याउन नियामक निकाय स्थापना गरिने, लघुवित्त संस्थाबाट लिएको ऋण भुक्तानीलाई सहजीकरण गरिनेलगायतका निर्णय भएका छन् ।

    राष्ट्र बैङ्कले अधिक तरलता खिचिरहेको छ भने अहिले लाभांशको सिजनसमेत चलिरहेको छ । छोटो समयमा लाभांश हात पार्न चाहने लगानीकर्ताका लागि सेयर बजारमा लगानी गर्नु अहिलेको समय राम्रो मानिन्छ । त्यस्तै, पछिल्लो समय सेयर बजार घटेका कारण सस्तो मूल्यमा छानीछानी भनेजस्तो कम्पनीको सेयर किन्न सकिने भएकाले सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्ने देखिन्छ । 

    यो साताको पहिलो कारोबार दिन सोमबार एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा झिनो अङ्कको सुधार देखिएको थियो । उक्त दिन नेप्से परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको थियो ।
         
    सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको थियो । 

    त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार नौ दशमलव ८७ प्रतिशतले बढेर १ हजार ८ सय ६० दशमलव २० अङ्कमा कायम भएको छ ।
         
    यो सातामा चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका सेयर सङ्ख्या एक करोड ५६ लाख २८ हजार ४ सय ६२ कित्ता बराबर रहेको छ ।
         
    यो साताको पहिलो दिनको कारोबारपछि २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार रुपैयाँ बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड तीन लाख ६० हजार रुपैयाँ कायम भएको छ । एक सातामा बजार पुँजीकरण १० अर्ब ३६ करोड १३ लाख ५० हजार रुपैयाँले बढेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार