images
images

नेप्से परिसूचक २१ सय बिन्दुभन्दा माथि, करिब ६ अर्बको कारोबार हुँदा शिवम्को कारोबार शीर्ष स्थानमा

नेप्से परिसूचक २१ सय बिन्दुभन्दा माथि, करिब ६ अर्बको कारोबार हुँदा शिवम्को कारोबार शीर्ष स्थानमा

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • नेप्से परिसूचक २१ सय बिन्दुभन्दा माथि, करिब ६ अर्बको कारोबार हुँदा शिवम्को कारोबार शीर्ष स्थानमा

    काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक २ हजार १ सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.९८ विन्दुले उकालो लागेर २ हजार १ सय ६ मा पुगेको हो ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०५ अङ्कले उकालो लागेर ३ सय ९७.६९ मा पुगेको छ । कूल १ करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता सेयर रु ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ मा खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३७ करोड ४३ लाख ४८ हजार २ सय २ बराबरको सेयर कारोबार भयो । 

    यस्तै, सोल्टी होटलको रु २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्सको रु १६ करोड ७१ लाख ४२ हजार ७ सय ५५, हाथवे इन्भेस्टमेन्टको रु १४ करोड २९ लाख ३० हजार ५ सय ८८ र घोराही सिमेन्टको रु १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार आज विभिन्न १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो ७.२६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना ४.९०, प्रभु बैंकको ऋणपत्र ३.८३, सानिमा बैंकको ऋणपत्र ३.७८ र पिपल्स पावरको लगानीकर्ताले ३.१९ प्रतिशतले गुमाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार