images
images

मधेश प्रदेशमा घट्यो घरजग्गा कारोबार, ३६ अर्ब ७ करोड राजस्व संकलन

मधेश प्रदेशमा घट्यो घरजग्गा कारोबार, ३६ अर्ब ७ करोड राजस्व संकलन

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • मधेश प्रदेशमा घट्यो घरजग्गा कारोबार, ३६ अर्ब ७ करोड राजस्व संकलन

    मधेश प्रदेशका जिल्लामा घरजग्गा रजिष्ट्रेशनमा उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले गरेको उक्त प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले घरजग्गा रजिष्ट्रेशन संख्यामा ७५.२७ प्रतिशतले गिरावट आएको देखाएको हो । 

    images
    images

    प्रतिवेदन अनुसार समीक्षा वर्षमा मधेश प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा ७५.२७ प्रतिशतले ह्रास आई १ लाख १० हजार ८६७ पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो संख्यामा १७.११ प्रतिशतले वृद्धि भएको थियो ।

    यसअवधिमा घर जग्गा रजिष्ट्रेशन राजस्व रकम २६.६ प्रतिशतले वृद्धि भई ४५ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको छ । गत वर्षको सोही अवधीमा यस्तो रकम ३३.२२ प्रतिशतले ह्रास आई ३६ अर्ब ७ करोड रुपैयाँ मात्रै संकलन भएको थियो ।

    त्यस्तै यसअवधिमा नक्शा पासको संख्यामा समेत कमी आएको छ । अध्ययन प्रतिवेदन अनुसार नक्शा पास स्वीकृत संख्यामा १४.३० प्रतिशतले घटेर ३ हजार ६ सय ९२ रहन गएको छ । गत वर्षको सोही अवधीमा यस्तो संख्या ४ हजार १ सय ३ रहेको थियो । 

    सार्वजनिक निर्माण तथा रियलस्टेट 

    1.JPG

    स्रोत : मालपोत कार्यालय तथा उप–महानगरपालिका,नगरपालिका कार्यालय

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार