चर्चित समाचार
  • क्रेष्ट माइक्रो लाइफको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

    क्रेष्ट माइक्रो लाइफको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

    सोमवार, चैत ५ २०८०
    सोमवार, चैत ५ २०८०
  • क्रेष्ट माइक्रो लाइफको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

    काठमाडौँ / क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुभ होटल चाइना पुल विरेन्द्रनगरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    सभाले अध्यक्षको मन्तब्य तथा संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/०८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षकमा केएएस ओसोसिएटको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित गरेको छ । साथै यस अघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो ।

    सभाले संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने, सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    सभाले सर्वसाधारणलाई साधारण शेयर निष्काशनको क्रममा आवश्यक प्रक्रियागत कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, सभाले पारित गरेका प्रस्तावको कारण प्रबन्धपत्र तथा नियमावलीमा संसोधन आवश्यक भएमा संसोधन गर्न तथा नियमनकारी निकायबाट कुनै थप संशोधन, फेरबदल गर्न वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोमिज गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, सर्वसाधारणको लागि साधारण शेयर निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार