images
images

बिक्री चाप बढ्दा घट्यो नेप्से, कारोबार रकम २८ अर्ब ८३ करोड

बिक्री चाप बढ्दा घट्यो नेप्से, कारोबार रकम २८ अर्ब ८३ करोड

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • बिक्री चाप बढ्दा घट्यो नेप्से, कारोबार रकम २८ अर्ब ८३ करोड

    काठमाडौँ / बिक्री चाप बढेपछि आइबार नेप्से परिसूचक ३४.४७ अङ्कले घटेको छ । नेप्से ३ हजार बिन्दु माथिले बृद्धि भएपछि अल्पकालिन लगानीकर्ताहरू हाबी हुँदा बजार ओरालो लागेको हो । 

    images
    images

    यो दिन १.१४ प्रतिशतले घटेको परिसूचक २ हजार ९ सय ६६.३३ बिन्दुमा पुगेर थामिएको छ । नाफा बुक गरेर छोटो समयमै बजारबाट बाहिरिनेहरूका कारण नेप्से परिसूचक ओरालो लागेको भए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । 

    कारोबार रकमका आधारमा बजारमा क्रेता र बिक्रेता दुबै सक्रिय भएको देखिन्छ । आज सेन्सेटिभ इन्डेक्स १.२४ प्रतिशतले घटेर ५२८.८५ बिन्दुमा पुगेको छ भने फ्लोट इन्डेक्स १.०९ प्रतिशत घटेर २०४.६२ बिन्दुमा पुगेको छ । 

    यसैगरी ०.८५ प्रतिशतले घटेको सेन्सेटिभ फ्लोट इन्डेक्स १७५.२२ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर ३३० धितोपत्रको  ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर २८ अर्ब ८३ करोडमा खरिद बिक्री भएको छ । 

    आइतबार भएका चार ओटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको हो । 

    त्यस्तै, नेपाल फाइनान्सको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ८६३ रुपैयाँमा झरेको छ। 

    आइतबार पनि हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ । यस कम्पनीको शेयर ८२ करोड १४ लाख बराबरको कारोबार भएको हो । 

    हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता  ९५८ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको ७८ करोड ७६ लाख बराबरको भएको छ। कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । 

    तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ४.४९ प्रतिशत घटेको छ भने बैंकिङ्ग समूहको सूचक ०.८४ प्रतिशत वृद्धि भएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार