images
images

लगानीकर्ता निराश हुँदा नेप्से र कारोबार रकम दुबैमा असर, आज कुन कम्पनीले कति गुमाए ?

लगानीकर्ता निराश हुँदा नेप्से र कारोबार रकम दुबैमा असर, आज कुन कम्पनीले कति गुमाए ?

बिहिवार, भदौ १३ २०८१
बिहिवार, भदौ १३ २०८१
  • लगानीकर्ता निराश हुँदा नेप्से र कारोबार रकम दुबैमा असर, आज कुन कम्पनीले कति गुमाए ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.३२ प्रतिशतले घटेको छ । बजार घट्ने देखिएपछि लगानीकर्ता निराश हुँदा नेप्से परिसूचक र कारोबार रकममा असर परेको हो । 

    images
    images

    आज नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.३२ प्रतिशत घटेर २ हजार ७४९.५७ विन्दुमा झरेको छ । 

    नेप्से पछिल्लो सात कारोबार दिनमध्ये तीन दिनमा ११.९२ अंक बढेको छ भने चार दिनमा नेप्से २६३.१४ अङ्कले घटेको छ । 

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.६७ प्रतिशत, फ्लोट इन्डेक्स १.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८७ प्रतिशत घटेको छ । 

    छोटो समयमै नेप्से परिसूचक अङ्कभन्दा माथिले बढेपछि संसद् र समितिमै शेयर बजारमा चलखेल भएको कुरा उठेपछि बजारको उकालो यात्रामा ब्रेक लागेको थियो । 

    बजार घट्ने अनुमानले बजारमा बिक्रेता हाबी हुँदा शेयर बजारको रौनक लामो समयसम्म नटिकेको देखिन्छ । फलस्वरूप केही दिन यता कारोबार रकममा पनि गिरावट आइरहेको छ । 

    नेप्से परिसूचक उत्साहजनक रूपमा बढेको समयमा कारोबार रकम २८ अर्बभन्दा माथि पुगेको थियो । 

    आज भने कारोबार रकम १२ अर्ब २४ करोडमा सीमित बनेको छ । जबकि बुधबार १३ अर्ब ७२ करोड रुपैयाँबढीको कारोबार भएको थियो । 

    आज ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर १ लाख ४६ हजार २०४ पटक कारोबार भएको देखिन्छ । 

    आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्डको ०. १० प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी १.८८ प्रतिशत घटेको छ ।  

    बिहीबारको कारोबारमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै पोजेटिभ सर्किट लागेको हो ।

    कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ हजार ३१.७० पुगेको छ । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ४४१.४० पुगेको छ । 

    यसैगरी आज थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, यस दिन गुडविल फाइनान्स कम्पनीको शेयर शेयर सर्वाधिक कारोबार भएको छ । 

    यस कम्पनीको ३७ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको हो ।

    शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनी छ । यस कम्पनीको शेयर कारोबार रकम ३६ करोड ६४ लाख रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार