images
images

शेयर बजारमा उत्साह : नेप्से ४.७२ प्रतिशत बढेर २८ सय विन्दुमाथि, कारोबार रकम १३ अर्ब नाघ्यो

शेयर बजारमा उत्साह : नेप्से ४.७२ प्रतिशत बढेर २८ सय विन्दुमाथि, कारोबार रकम १३ अर्ब नाघ्यो

सोमवार, भदौ १७ २०८१
सोमवार, भदौ १७ २०८१
  • शेयर बजारमा उत्साह : नेप्से ४.७२ प्रतिशत बढेर २८ सय विन्दुमाथि, कारोबार रकम १३ अर्ब नाघ्यो

    काठमाडौँ / पछिल्लो केही दिनदेखि ओरालो लागेको शेयर बजारमा सोमबार भने उत्साह छाएको छ । यो दिन नेप्से परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अङ्क बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेको हो । 

    images
    images

    यसैगरी, सेन्सेटिभ इन्डेक्स ४.७७ प्रतिशत, फ्लोट इन्डेक्स ४.८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.१६ प्रतिशतले बढेको छ । 

    अघिल्लो कारोबार दिनको तुलनामा सोमबार कारोबार रकमसमेत ३ अर्बभन्दा बढीले बृद्धि भएको छ । आइतबार १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज १३ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

    सोमबार ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटकमा कारोबार भएको छ । कारोबारमा आएका १३ ओटै समूहको सूचक बढेका छन् । 

    यस दिन सबैभन्दा बढी वित्त समूहको सूचक ७.९४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, लगानी समूहको सूचक ५.४५ प्रतिशत र हाइड्रोपावर समूहको ५.३५ प्रतिशत  वृद्धि भएको हो ।

    बजार लगातार घटेपछि खरिदकर्ताहरू सक्रिय हुँदा बजारमा आज हरियाली छाएको हो । यसभन्दा अगाडि निरन्तर उकालो लागेर नेप्से परिसूचक ३ हजार विन्दु माथि पुगेसँगै बजारमा नाफा सुरक्षित गर्नेहरू सक्रिय भएका थिए ।

    सोमबार कारोबारमा आएका कम्पनीहरूमध्ये ७ ओटाको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

    यो दिन नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स,समृद्धि फाइनान्स, प्रोग्रसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माई हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । 

    त्यस्तै, सोमवार लक्ष्मी उन्नती कोषको इकाई मूल्य सबैभन्दा बढी ४.७१ प्रतिशत घटेर ९.३१ मा झरेको हो । 

    यसैगरी आज सबैभन्दा बढी शेयर खरिद बिक्री गर्ने कम्पनीमा गुडवील फाइनान्स शीर्ष स्थानमा रहेको छ । आज यस कम्पनीको ४६ करोड ५२ लाख बराबरको शेयर भएको हो । 

    त्यस्तै, गुडवील फाइनान्सपछि अपि पावर कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको देखिन्छ । यो कम्पनीको आज ४१ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार