images
images

५५ अंकले घटेको बजारमा साढे ९ अर्ब बढीको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

५५ अंकले घटेको बजारमा साढे ९ अर्ब बढीको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • ५५ अंकले घटेको बजारमा साढे ९ अर्ब बढीको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ / आज शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घट्दा २ हजार६४६ को विन्दुमा कामय भएको छ । 

    images
    images

    अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात २५.४६ अङ्कले घटेर दुई हजार ७०१.९० को बिन्दुमा पुगेको थियो । 

    आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४३ करोडमाथिको शेयर कारोबार भएको छ । 

    सिएचडीसीको शेयर कारोबार सबैभन्दा धेरै 

    आज सबैभन्दा धेरै सिएचडीसीको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २३करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ७ दशलमव ५९ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।

    उन्नती सहकार्यका लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार