images
images

नेप्से परिसूचक ५०.७३ अंकले घटेपनि कारोबार रकम भने बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

नेप्से परिसूचक ५०.७३ अंकले घटेपनि कारोबार रकम भने बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • नेप्से परिसूचक ५०.७३ अंकले घटेपनि कारोबार रकम भने बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन अर्थात अज आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेको छ । 

    images
    images

    निरन्तर ६ दिन ओरालो लागेको नेप्से सातौं दिन अर्थात गत बिहीबार भारी अंकले बढेको थियो । तर त्यो रौनकता दोस्रो दिन मत्थर देखिएको छ । 

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८८ प्रतिशत अर्थात् ५०.७३ अंक घटेर २ हजार ६३७.७९ अंकमा बन्द भएको छ । 

    यसअघि अर्थात अघिल्लो कारोबारको दिन बिहीबार नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात् ७८.१७ अंक बढेर २ हजार ६८८.३८ अंकमा बन्द भएको थियो ।

    आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार कित्ता १ लाख १९ हजार पटक खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज २१९ कम्पनीको सेयर मूल्य घट्दा २४ कम्पनीको सेयर मूल्य बढेको छ ।

    बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक समूह २.५१ प्रतिशत, फाइनान्स समूह ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६८ प्रतिशत, जलविद्युत समूह १.४८ प्रतिशत, लगानी समूह २.८० प्रतिशत, जीवन बीमा समूह २.७४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७९ प्रतिशत, लघुवित्त समूह १.८८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.६१ प्रतिशत, निर्जीवन बीमा समूह २.१६ प्रतिशत, अन्य समूह २.२३ प्रतिशत र व्यापार समूहको ०.९० प्रतिशत घटेको छ ।

    ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

    बजारमा गिरावट आएपनि आज विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । 

    थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट 

    तर, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशत नकारात्मक सर्किट लागेको छ । यस्तै, ग्रनीलाइफ हाइड्रोपावरको ९.४० प्रतिशत र सीईडीबी हाइड्रोको ९.१५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

    सीईडीबी हाइड्रोको सर्वाधिक कारोबार 

    नेप्सेकाअनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६४ करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३५ करोड २८ लाख ८४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख ३३ हजार रुपैयाँ, अपि पावरको २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ र सिंगटी हाइड्रो इनर्जीको २४ करोड ४१ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार