images
images

गोगोरो र नेबुला इनर्जीद्वारा नक्सालमा अत्याधुनिक एक्सपिरियन्स सेन्टर स्थापना

गोगोरो र नेबुला इनर्जीद्वारा नक्सालमा अत्याधुनिक एक्सपिरियन्स सेन्टर स्थापना

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • गोगोरो र नेबुला इनर्जीद्वारा नक्सालमा अत्याधुनिक एक्सपिरियन्स सेन्टर स्थापना

    काठमाडौँ / गोगोरो इंक र नेबुला इनर्जीले मङ्गलबार नारायणचौर, नक्सालमा आफ्नो पहिलो एक्सपिरियन्स सेन्टरको उद्घाटन गरेका छन्। 

    images
    images

    शहरहरूका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्न, ब्याट्री-स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा यी कम्पनीले नेपालकै पहिलो अत्याधुनिक एक्सपिरियन्स सेन्टर स्थापना गरेको हो । 

    मिडियासँग कुरा गर्दै नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। 

    उनले सस्टेनेबल मोबिलिटीका लागि यो एक्सपिरियन्स सेन्टर गोगोरो र नेबुलाको दीर्घकालीन भिजनको सुरुवात मात्र रहेको कुरामा जोड दिए।

    सो भनाईमा थप्दै प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए । 

    ब्याट्री–स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्दछ। 

    कम्पनीका महाप्रबन्धक, चिरन्जिवी शाह का अनुसार यो एक्सपिरियन्स सेन्टरले स्मार्ट स्कुटर र स्वाप् स्टेशनहरू मार्फत् ग्राहकहरूलाई गोगोरोको प्रविधि अनुभव गर्ने पहिलो लाइभ टचपोइन्टको रूपमा समेत काम गर्ने छ । 

    शाहका अनुसार ग्राहकहरूले अब आफ्नो मन पर्ने गोगोरो मोडेलहरू टेस्ट राइड गर्न सक्ने र विभिन्न ब्याट्री स्वापिङ प्लान का बारेमा जानकारी लिएर बुकिङ समेत गर्न सक्ने छन्।  

    gogero1.JPG

    गोगोरो जेगो

    जेगोको सुरुवाती मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । गोगोरो जेगोले ईभी स्कूटरको बजारमा अरुभन्दा फरक विभिन्न सुविधाहरू प्रदान गर्दछ। 

    यो स्लीक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारहरूसँग सुसज्जित छ। यसका मुख्य विशेषताहरूमा डुअल ब्याट्री अप्सनहरू समावेश छन् जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ। 

    जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छ जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने बनाउँछ।
     
    गोगोरो क्रसओभर जीएक्स २५०

    क्रसओभर जीएक्स २५० को सुरुवाती मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ । गोगोरो क्रसओभर जीएक्स २५० अल्टिमेट दुई पाङ्ग्रे एसयूभी हो। 

    भारतको महाराष्ट्रमा बनाइएको क्रसओभर जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्टस्कुटर हो। 

    पुनः डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमताहरू प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट दिन्छ। 

    क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरतालाई जोड दिँदै ठूला भारहरू पनि अटाउन सक्छ।

    गोगोरो पल्स

    पल्सको सुरुवाती मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।

    भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्टस्कूटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो। 

    पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ।

    पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो–डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ–म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई–डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ।

    पल्स गोगोरोको नयाँ हाइपर ड्राइभ पावरट्रेनद्वारा सञ्चालित छ जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो। 

    हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुन्छ। 

    गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल–कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ। हाइपर ड्राइभले पल्सलाई पर्फर्मेन्सको निम्न नयाँ लेभलहरू प्राप्त गर्न सक्षम बनाउँछ। 

    • ०-५० फरजच - ३.०५ सेकेन्ड
    • ९.० किलोवाट-म्याक्सिमम पावर आउटपुट
    • ११,००० आरपीएम - म्याक्सिमम आरपीएम
    • ३७८ एनएम टर्क - रियर व्हीलमा

    गोगोरो ब्याट्री–स्वापिङ प्लान

    एक्सपिरियन्स सेन्टरको साथै गोगोरोले विद्यार्थी, व्यवसायी र अन्य यात्रुसहित आफ्ना ग्राहकहरूका विविध आवश्यकताहरू पूरा गर्ने गरी नेपालमै पहिलो पटक ब्याट्री स्वापिङ प्लान पनि घोषणा गरेको छ। 

    ब्याट्री स्वापिङ प्लान ७ सय ९९ रुपैयाँबाट सुरु हुनेछ र यो ३० दिनको लागि मान्य रहनेछ। 

    विविध क्षेत्रका ग्राहकहरूको मोबिलिटी आवश्यकताहरू पूरा गर्न मल्टिपल स्वापिङ प्लानहरू पनि उपलब्ध छन्। 

    यो मूल्य निर्धारण संरचना, ग्राहकको आवश्यकताहरूमा गरिएको विस्तृत अनुसन्धानमा आधारित छ। 

    यसमा विशेषगरी यात्रा गरिएको दूरीमा ध्यान गर्दै एम्पीयर–आवर दरमा गणना गरिएको छ।

    प्रत्येक प्लानले प्रयोगकर्ताहरूको ऊर्जा आवश्यकताहरू पूरा गर्ने सुनिश्चितता प्रदान गर्दछ।

    गोगोरो ब्याट्री–स्वापिङ टेक्नोलोजी

    विश्व बजारमा हलुका शहरी सवारी साधनहरूका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्द्रमा एउटा खुला र इन्टरअपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहेको छ। 

    गोगोरो ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित र, व्यवसाय र समुदायहरूका लागि गतिशील र बहुमुखी हुन आफूलाई निरन्तर अप्टिमाइज गर्दछ।

    ताइवानमा गोगोरो नेटवर्कले ६ लाख १० हजारभन्दा बढी सवारहरूलाई समर्थन गर्छ ।

    साथै, २ हजार ५०० भन्दा बढी स्थानहरूमा १२,५०० ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् यसका १.४ मिलियन भन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा छन्। 

    ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेशनहरू पेट्रोल स्टेशनहरू भन्दा बढी छन्। 

    ४ लाखभन्दा बढी दैनिक ब्याट्री स्वाप र आजसम्म ६१५ मिलियन भन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिंगले सन् २०१५ मा सुरु भएदेखि दस लाख टन भन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको छ। 

    ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो जसले चार्ज सकिएको ब्याट्रीसँग फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो सवारी साधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ। 

    ब्याट्री स्वापिङ टेक्नोलोजीले दुई–पाङ्ग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ र सुरक्षित, दिगो र स्केलेबल तरिकामा शहरी मोबाइल ऊर्जा मागहरूको सम्बोधन गर्दछ। 

    - स्वामित्वको कुल लागतमा कमी। 

    - ब्याट्रीहरूको स्वामित्व आवश्यक पर्दैन।
    - ब्याट्री स्वापिंग क्ष्ऋभ् सवारीसाधनहरू रि-फ्युल गर्नु भन्दा छिटो भएकोले यसले रेन्जको चिन्ता कम गर्न सघाउँछ।

    - चार्ज गर्ने समय हटाउँछ-केहि सेकेन्डमै स्वाप गर्न सक्ने भएकाले सेल्फ चार्जिङको आवश्यकता पर्दैन।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार