images
images

दसैँ बिदा अघि सेयर बजार सामान्य अङ्कले बढ्यो तर घट्यो कारोबार रकम

दसैँ बिदा अघि सेयर बजार सामान्य अङ्कले बढ्यो तर घट्यो कारोबार रकम

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • दसैँ बिदा अघि सेयर बजार सामान्य अङ्कले बढ्यो तर घट्यो कारोबार रकम

    काठमाडौँ / दसैँको बिदाअघिको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार दसैँको घटास्थापना सुरु हुने अघिल्लो दिन नेप्से परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय ६८.१७ बिन्दुमा उक्लिएको हो । 

    images
    images
    images
    images

    ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३ अङ्कले बढेर ४८०.३६ मा उक्लिएको छ । 

    कारोबार भएका १३ ओटा उपसमूहमध्ये आज तीन ओटा समूहको मात्रै सेयर मूल्यमा गिरावट आएको छ ।  यो दिन उत्पादन तथा प्रशोधन समूहको सेयर मूल्य १.०५ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी व्यापार समूहको सेयर मूल्य ०.७८ प्रतितले घटेको छ । 
    यो दिन विकास बैंक, इन्भेस्टमेन्ट, जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहको सेयर मूल्य बढेका हुन् । 

    नेप्से परिसूचक सामान्य अंकले बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ४ अर्ब रुपैयाँबढीको सेयर कारोबार भएकोमा आज सो रकम ३ अर्ब रुपैयाँमा सीमित भएको हो । 

    कूल ८३ लाख १२ हजार ६८५ कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको छ ।

    नेप्सेका अनुसार, मिड युनाइटेड मोदी हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको छ । 
    त्यस्तै, उपर स्याङ्गे हाइडरोपावरको सेयर मूल्य ९.९३ प्रतिशत र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्इ ९.६५ प्रतिशतले बढेको छ । 

    यता, सार्वाधिक बढी गुमाउनेमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु छन् । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ भने सिटिजन सपुर ३० म्युचुअल फण्डका लगातनीकर्ताले पनि ९.३६ प्रतिशतले गुमाएका छन् । 

    बुधबार नेपाल फाइनान्सको  सेयर कारोबार सर्वाधिक बढी रहेको छ । आजको कारोबार रकममा यो कम्पनीको हिस्सा २२ करोड रुपैयाँभन्दा बढी रहेको छ । 

    त्यस्तै, सानिमा बैंकको १८ करोड ९८ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार