images
images

दसैँपछिको बजारमा उत्साह : नेप्से परिसूचक २७ सय नजिक, फाइनान्स, बैंक र बिमा समूहमा आकर्षण बढ्यो

दसैँपछिको बजारमा उत्साह : नेप्से परिसूचक २७ सय नजिक, फाइनान्स, बैंक र बिमा समूहमा आकर्षण बढ्यो

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • दसैँपछिको बजारमा उत्साह : नेप्से परिसूचक २७ सय नजिक, फाइनान्स, बैंक र बिमा समूहमा आकर्षण बढ्यो

    काठमाडौँ / हिन्दु नेपालीहरूको प्रमुख चाड दसैँपछिको पहिलो कारोबार दिन नै सेयर बजारमा उत्साह छाएको छ । आज मङ्गलबार नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अङ्कले बढेर २ हजार ६ सय ९९.६६ बिन्दुमा पुगेको हो । 

    images
    images
    images
    images

    दसैँको बिदाअघिको अन्तिम दिन अर्थात असोज २३ गते पनि सेयर बजार बढेको थियो । दसैँको घटास्थापना सुरु हुने अघिल्लो दिन नेप्से परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय ६८.१७ बिन्दुमा उक्लिएको थियो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो दिन ठूला कम्पनीका धितोपत्र मापक सेन्सेटिभ इन्डेक्स ५.९० अङ्कले बढेर ४ सय ८६.२९ बिन्दुमा पुगेको छ भने फ्ल्ट इन्डेक्स २.४४ अङ्कले बढेर १८६.५० बिन्दुमा र सेन्सेटिभ फ्लट इन्डेक्स २.०३ अङ्कले बढेर १६१.०८ बिन्दुमा पुगेको छ । 

    नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने २३ गतेको तुलनामा घटेको छ । असोज २३ गते ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

    यो दिन ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर खरिद बिक्री भएको छ । त्यस्तै, आज बजार पुँजीकरण रकम पनि बढेर ४२ खर्ब ९२ अर्ब ७२ करोड पुगेको छ । 

    फाइनान्स, बैंक र बिमा समूहमा आकर्षण

    मङ्गलबार सेयर बजारमा उत्पादन र प्रशोधन बाहेक सबै समूहको परिसूचक बृद्धि भएको छ । यो समूहको परिसूचक ०.२२ प्रतिशतले घट्दा सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक सबैभन्दा बढी ४.६१ प्रतिशतले बढेको छ । 

    त्यस्तै, बैंकिङ र लगानी समूहमा पनि लगानीकर्ताहरूको आकर्षण बढेको छ । यो दिन बैंकिङ उपसमूहको परिसूचक १.५९ प्रतिशत, विकास बैंक समूहको १.५६ प्रतिशत, लगानी समूहको १.५२ प्रतिशत, अन्य समूहको १.२१ प्रतिशत र जीवन बिमा समूहको १ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    सर्वाधिक बढी लगानीकर्ताहरूले रुचाएको फाइनान्स समूहअन्तर्गतको जानकी फाइनान्सको सेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको छ । यो दिन ६१ रुपैयाँ ६० पैसा प्रतिकित्ता मूल्य बढेको यस कम्पनीको धितोपत्रको अन्तिम मूल्य ६७७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

    त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले बढेर १ हजार ७ सय ३८ रुपैयाँ पुगेको छ भने मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ९.३२ प्रतिशतले बढेर ७५९ रुपैयाँ पुगेको छ । 

    यता, मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा भने आज उच्च गिरावट आएको छ । नेगेटिभ सर्किट लागेको यो कम्पनीको सेयर मूल्य आज घटेर १ हजार २६ रुपैयाँ ९० पैसामा झरेको छ ।

    त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य पनि आज ५.२५ प्रतिशतले घटेको छ । दसैँअघिको अन्तिम कारोबार दिन यी दुवै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो । 

    कारोबार रकमका आधारमा पनि आज फाइनान्स कम्पनी नै अग्रस्थानमा देखिन्छ । १८ करोड ५ लाख रुपैयाँको कारोबार गर्दै योगुडवील फाइनान्स कम्पनीले आजको रकममा प्रमुख हिस्सा ओगटेको छ ।

    त्यस्तै, नेपाल फाइनान्स ११ करोड २३ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ भने हिमालयन रिइस्योरेन्स १० करोड ९३ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार