images
images

‘एग्रीटेक इन्टरनेशनल एक्स्पो’ भोलिदेखि, सम्पूर्ण तयारी पूरा

‘एग्रीटेक इन्टरनेशनल एक्स्पो’ भोलिदेखि, सम्पूर्ण तयारी पूरा

बिहिवार, फागुन १ २०८१
बिहिवार, फागुन १ २०८१
  • ‘एग्रीटेक इन्टरनेशनल एक्स्पो’ भोलिदेखि, सम्पूर्ण तयारी पूरा
    images
    images

    काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा भोलि (शुक्रबार)देखि सुरु तीन दिनसम्म चल्ने ‘एग्रीटेक इन्टरनेशनल एक्स्पो’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

    कृषि क्षेत्रको विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्  तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले संयुक्त रूपमा ‘सातौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’आयोजना गरेको हो । फागुन ४ गतेसम्म चल्ने मेलामा नेपाली कृषि उद्यमी, विदेशी व्यवसायी तथा कम्पनीहरूको स्टल रहनेछ । 

    भोलिदेखि आइतबारसम्म चल्ने मेलामा प्रवेश शुल्क लाग्ने छैन । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । आयोजकले यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भनेका छन् । 
     
    उक्त प्रर्दशनीमा देशैभरिका अगुवा किसान, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यापारी, आयातकर्ता, निर्यातकर्ता, सरकारी तथा गैर(सरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरू, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्थाहरूको उपस्थिति हुने आयोजकले जनाएको छ । 

    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र राष्ट्रिय कृषक समूह महासंघको विशेष पहलमा देशभरीबाट किसानहरू प्रदर्शनीको अवलोकन गर्ने बताइएको छ । 

    उक्त मेला देशभरीबाटै बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर हुने आयोजकको विश्वास छ ।

    सबैका लागि निःशुल्क प्रवेशको व्यवस्थाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास रहेको आयोजक मिडिया स्पेस सोलुसनले जनाएको छ । 

    केके हुनेछन् प्रदर्शनीमा ? 

    प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरू राखिनेछ । साथै, नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुरयाउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको दावी छ । 

    साथै, प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मूख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग अलग समूह स्टल रहने छन् । 

    नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रवर्द्धन गरेको छ । 

    त्यस्तै, नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालले पनि उक्त प्रदर्शनीलाई सहयोग गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार