काठमाडौँ / आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार हालसम्मकै उच्च १ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेकामा आज भने सामान्य घटेको हो ।
शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो । आज भने घटेर १ लाख ७४ हजार १ सय रुपैयाँ कायम छ । यता, चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । यसअघि प्रतितोला २ हजार ५० रुपैयाँ रहेको चाँदीलाई आज भने २ हजार ४५ रुपैयाँ पर्नेछ ।